सुर्खेतबाट हराएका बालिका बुटवलमा भेटिए

सुर्खेत । ६ दिनदेखि सिम्ता गाउँपालिका-९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका बुटवलमा भेटिएका छन् । 

नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीय यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री बुटवल बसपार्कमा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्लले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझ्ने गरी पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले तीनै बालिकालाई बुटवल बसपार्कमा भेटाइएको बताए ।

उनका अनुसार शनिबार इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक नीरज चौलागाइलाई बाँकेको कोहलपुरमा राखिएको सिसी क्यामेराको फुटेज बझ्न पठाएपछिको खबरअनुसार उनीहरु बुटवल गएको निश्चित गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?