काठमाडौं–राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले यस्तो बताएका हुन् ।
स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै केसीले भने,‘अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा पिसाव फेर्ने काम भैरहेका छन्, अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा छ, मैले धेरै भनें, बोलें र आग्रह गरें, कतिले मलाई पद नपाएर छ्टपटाएको भनेर आरोपसमेत लगाए, अब करिब हारेको स्थितिमा छु, ठूलो षड्यन्त्रकाबीचमा राजदरवार घट्ना भयो, त्यसको जिम्मा सेनाले लिन सकेन, देश निर्माण गर्ने मानिसका बारेमा यति धेरै भ्रम छन्, नक्कली ईतिहाँस लेखेर सन्ततीहरुलाई झुठो प्रचार गरिँदैछ, किर्तीपुरमा ईतिहास पढ्ने विद्यार्थी छैनन्, अनि भावि दिनहरुमा कसरी हाम्रो ईतिहास बाँच्छ ?’
उनले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको खुलासा गरेका छन् । केसीले भने,‘कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने होईन त्यो समस्याको जड के हो ? त्यो जान्नुपर्छ, यहाँ दलितहरु ख्रीष्टियन बन्दैछन्, गरिबहरु ख्रीष्टियन बन्दैछन्, किन यस्तो भैरहेको छ ? अरु कुनै कारण छ र ? हिन्दु धर्मका कर्मकाण्डीहरुको व्यवहारले गर्दा यस्तो भएको हो, मन्दिरमा पस्नै नदिने ? दलितलाई हेप्ने ? अनि उहाँहरुले विकल्प नखोजेर के गर्नुहुन्छ त ? यहाँ नक्कली हिन्दुहरुले गर्दा यस्तो भैरहेको छ, हिन्दुधर्मले कसैलाई पनि सानो÷ठूलो भन्दैन, हिंसा गर भन्दैन, कुनैबेला जापानले चीनलाई हेप्यो र आज जापानले चीनसँग सरी भन्यो, कुनै ईतिहासमा गल्ति गरिएको थियो, दलितसँग माफी मागेर देशको धर्म, संस्कृति र परम्परा जोगाउँदा ब्रहामणहरुको के जान्छ ? पृथ्वीनारण शाहलाई अनावश्यक रुपमा बिबादमा ल्याउनुपर्ने कुनै कारण छैन् ।’
तल्लो स्तरका मानिसहरुको गोलचक्रमा फसेको हुनाले राजसंस्थाको अस्तित्व धरापमा परेको बताउँदै डा.केसीले भने,‘कमल थापा जस्ता निज स्तरका मानिसहरु राजसंस्था भन्दैछन्, हिन्दुराष्ट्र भन्दैछन्, दोस्रो संविधान सभाको चुनावमा कमल थापाले गाउँमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा लिएर २४ कोटा पाए, त्यो मन्त्री पदको लागि विक्रि गरे, मन्त्री बनेपछि कमल थापाले गणतन्त्र र संघीयताको धुरन्धर समर्थक बने, बाहिर आएपछि फेरी हिन्दुराज्य र राजसंस्था भन्दैछन्, के नैतिकता छ उनमा ? यस्ता बेईमान काम गर्न पाईन्छ ? राजसंस्था भनेको देश जोडेको संस्था हो, यसको गरिमा र महत्व छ ।’
‘सरकारले निर्मला पन्तका हत्यारा रत्नपार्कमा खोज्दैछ’
डा.केसीले सरकारका कामकारबाहीको बारेमा जनताहरु सन्तुष्ट नरहेको र वर्तमान सरकारले देशको भविष्यमाथि खेलवाड गरेको बताउँदै निर्मला पन्तका हत्यारा रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाए ।
उनले भने,‘सरकार उल्टो बाटो हिँडिरहेको छ, हामी उल्टो बाटोमा गन्तव्य निर्धारण गरेका छांैं, निर्मला पन्तका हत्याराका बारेमा पनि यस्तै भएको हो, प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गर्छन्, सरकार निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको छ, नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम गरिहरहेको छ, कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन्, हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ ।’
त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम कैदीले नक्कली क्रिश्चियनहरु ‘होली–वाईन खाएर लरबराईरहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया