भारतको कोलकाताको एउटा बन्दरगाहमा दोस्रो विश्वयुद्धमा विस्फोट नभएको ४५० किलोग्रामको बम फेला परेपछि स्थानिय चकित भएका छन् ।
दोस्रो विश्वयुद्धका बेला अमेरिकी सेनाले प्रयोग गरेको बम फेला परेपछि स्थानिय चकित भएका हुन् । केहि समय त्यस क्षेत्रमा त्रास फैलिएको थियो ।
अमेरिकी सेनाले १९४५ मा चीन–बर्मा–भारत युद्धक्षेत्रमा प्रयोग गरेको भारतले जनाएको छ ।
शुक्रवार बन्दरगाह सरफाइ गर्दा उक्त बम फेला परेको थियो ।
बन्दरगाहका कर्मचारीले कोलकातास्थित भारतीय नौसेनाको कार्यालयमा खबर त्यसलगत्तै बन्दरगाह आइपुगेको नौसेनाले बम निष्क्रिय बनाएको थियो ।
यद्यपी बमका कारण क्षति हुन पाएन ।
जापान आक्रमण गर्न अमेरिकी सेनाका लागि यो सबैभन्दा भरपर्दो र विश्वसनीय स्थान भएको कारण यो बम उसले त्यहाँ राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया