काठमाडौँ – नेपालका अग्रज पत्रकार एक गोकुलप्रसाद पोखरेलले एक हजार पूर्णचन्द्र दर्शन गरेका अवसरमा उहाँको परिवारबाट आज विशेष कार्यक्रम आयोजना गरिएको छ ।
समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत पत्रकारिता क्षेत्रका विशिष्ट महानुभावले पोखरेल दम्पतीको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरे ।
सो अवसरमा गुरु पत्रकार पोखरेलले आफूजस्तै सबैले एक हजार पूर्णचन्द्र देख्न पाऊन् भन्ने कामना गरिरहेको बताए ।
पोखरेल ‘गोरखापत्र’का प्रधानसम्पादक हुँदा ‘गोरखापत्र’ प्रवेश गरेका वरिष्ठ पत्रकार धुवहरि अधिकारीले उनलाई वरिष्ठ पत्रकार मात्र भनेर नपुग्ने बताउँदै उहाँलाई गुरु पत्रकारको संज्ञा दिए ।
पोखरेल विसं २०१९ मा राष्ट्रिय समाचार समितिको प्रधानसम्पादक र त्यसपछि कामु महाप्रबन्धक रहे ।
त्यसपछि ‘द राइजिङ नेपाल’ तथा ‘गोरखापत्र’ दैनिकको एशोसियट एडिटर हुँदै पोखरेलले २०३६ सालपछिका चार वर्षसम्म ‘गोरखापत्र’ दैनिकको प्रधानसम्पादक भई काम गरे ।
पत्रकारलाई तालीम दिने संस्था नेपाल प्रेस इन्स्टिच्यूटका संस्थापक सदस्य र अध्यक्षसमेत रहेका पोखरेल केही समय ‘मुना’ नेपाली पत्रिकाको प्रधानसम्पादकसमेत रहे ।
वृद्ध उमेरमा ती जिम्मेवारीबाट अलग रहँदा पनि उहाँ मिडिया परामर्शदाताका रुपमा क्रियाशील छन् ।
उनलाई शुभकामना व्यक्त गर्न राससका कार्यकारी अध्यक्ष श्यामल तथा महाप्रबन्धक ओपेन्द्र शर्मा पनि समारोहमा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया