प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति बिवरण बुझ्न कञ्चनपुर पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तका हत्यारा पत्ता लगाएर छाड्ने र त्यसका लागी आवश्यक परे ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भएपनि निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्ने बताइरहेका बेला खनाल आफैँ अनुसन्धानमा काविल मानिएका टोली लिएर कञ्चनपुर पुगेका हुन् ।
केही दिनअघि पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनि निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका खनाल आज बिहान प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर कञ्चनपुर पुगेका हुन् ।
उनले निर्मला घटनाको सुक्ष्म अध्ययन एवम् जानकारी लिने र उनका बुबाआमालाई भेट्ने कार्यक्रम छ ।
यसैबिच खनालले आज बिहान कैलालीस्थित नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण गरेका छन् । मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गरेपछि उनले केहिबेर स्थानीयसँग कुारकानी गरेका थिए ।
गत १० साउन गते साथीको घरमा पढ्न गएकी पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुरा भईसकेको छ तर प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीले निर्मलाको हत्यारा पत्ता लगाउन ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’ बोलाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया