तमु ल्होसारको रौनक, १९ तस्वीरमा हेर्नुहोस्

काठमाडौं । ‘तमु’ गुरुङ समुदायलाई जनाउने अर्को शब्द हो ।

यतिबेला गुरुङ समुदायमा ल्होसार पर्वको रौनकले छोएको छ । ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदान-प्रदान गर्ने पुरानै चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

‘खि’ ल्होलाई बिदाई गर्दै ‘फ’ल्होलाई स्वागत गर्दै ल्होसार मनाइरहेका छन् । स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसारलाई आज हर्षोल्लासका साथ मनाइरहेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको काठमाडौं, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत,ओखलढुङगाको रुम्जाटारलगायत जिल्लामा पनि ल्होसार मनाइदै छ ।

जातिय भेषभुषा र पहिरन सहित काठमाडौंका बिभिन्न स्थानबाट निकालिएका साँस्कृतिक झाँकी टुँडिखेलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । शिरवन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएकाहरु कार्यक्रममा सहभागी थिए ।

झाँकीसहित गुरुङ समुदायहरुले बसन्तपुर हुँदै न्युरोड, रत्नपार्क, पुरानो बानेश्वर हुँदै टुडिखेलसम्म -याली समेत गरेका थिए । 

काठमाडौंमा बसोबास गर्ने तमु समुदायले टुँडिखेलमा आज विशेष कार्यक्रम गरेर मनाइरहेका छन् । तमु ल्होसारको अवसरमा गुरुङ समुदायले नेपाल सरकारले कटौती गरेको सार्वजनिक विदा पुनः गर्नुपर्ने भन्दै माग समेत गरेका थिए । 

तस्वीर : अनिल थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?