काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ ।
२०७३ असोजमा ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवाले पक्राउ परेका थिए ।
नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर २२९ को जहाज काठमाडौंबाट दुबई उडाउन लागेका बेला अवाले पक्राउ परेका थिए ।
पाइलट अवाले विरुद्ध २२ असोजमा सर्वोच्च अदालतमा मुद्दा दर्ता थियो । यो मुद्दा न्यायाधीद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।
पक्राउ परेका पाइलट अवालेले ९६ लाख ९० हजार धरौटी राखेर थुनामुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया