राष्ट्रिय जलवायु सम्मेलन आजबाट शुरु, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा हुने राष्ट्रिय जलवायु सम्मेलन आजबाट शुरु भएको छ । 

मेलम्ची नगरपालिकास्थित वडा ९ को गुफाडाँडमा आजबाट शुरु हुने राष्ट्रिय जलवायु सम्मेलन १६ र १७ गतेसम्म चल्ने छ ।  

कार्यक्रमको पहिलो दिन आज प्रतिनिधिहरुमात्रै उपस्थित भई मेलम्ची बजारमा अनौपचारिक छलफल गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै पुस १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने भनिए पनि स्वास्थ्य अवस्था र कार्य व्यस्ताका कारण कार्यक्रममा उपस्थित हुन नसकिने जनाइएको छ । 

प्रधानमन्त्री सम्मेलनमा उपस्थित नहुने भएपछि राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिका रूपमा निम्तो दिएको जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । 

सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय प्रमुखको विशेष उपस्थितमा राष्ट्रपति भण्डारीले पुस १६ गते सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?