काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहने भएको हो । बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भए पनि बिस्तारै हट्ने र दिउँसो घाम लाग्ने मौसमविद शुवास रिमालले जानकारी दिए ।
उनका अनुसार बिहान उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद रिमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया