प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आइतबार

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई यही पुस १५ गते (आइतबार) संसदीय सुनुवाइका लागि आमन्त्रण गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई सुनुवाइका लागि आमन्त्रण गर्ने निर्णय गरेको हो । समितिले शुक्रबार उजुरीकर्तासँग छलफल ग¥यो ।

उजुरीकर्तासँग शुक्रबार छलफल गरेपछि समितिले जबरालाई आइबार सुनुवाइका लागि बोलाएको हो । आइतबार समितिले सुनुवाइका लागि बोलाएको हो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइको मिति तय भएको बताए । अर्यालले भने, ‘‘आइतबार दिउँसो २ बजे प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि आमन्त्रण गरिएको छ ।’’
समितिमा जबराविरुद्ध नौवटा उजुरी परेका छन् । जबरामाथि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको दाइजो विवादको मुद्दामा बदनियत गरेको आरोप लगाइएको छ । यस्तै, सोही प्रकरणमा सर्वोच्चले पुनरावलोकन समेत गरिसकेको मुद्दामा जबरा अदालतको नेतृत्वमा पुग्न लाग्दा पुनः संवैधानिक इजलासमा रिटमार्फत सुनुवाइको प्रपञ्च गरिएको आरोप पनि जबरामाथि एक उजुरीकर्ताले लगाएका छन् । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?