हत्कडीसहित अदालतबाटै फरार अभियुक्त सिन्धुलीमा पक्राउ

काठमाडाैं । हत्कडी सहित फरार भएका अभियुक्त सिन्धुलीबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बेलफीका चोरी मुद्दाका अभियुक्त लालकाजी तामाङलाई सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनलाई  २०७३ सालमा ६ लाख ९० हजारको जरिवाना र सोही  रकम बराबरको कैद सजाय काठमाडौं जिल्ला अदालतले सुनाएको थियो । उनी जिल्ला अदालतबाटै हत्कडीसहित फरार भएपछि प्रहरीले वकिल रामकुमार आचार्यलाई पक्राउ गरेको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?