कहाँ छन् बमजनको आश्रमबाट बेपत्ता भएका चेलीहरु ? परिवारको अनुरोध ”मरेको भए लास , जिउँदो भए भेट्न पाउँ”

तपस्वीको भेषमा बाराको हलखोरीया जंगलमा बसेर आफूलाई 'लिटिल बुद्ध 'भन्ने रामबहादुर बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी गरीदिन परिवारले राज्य गुहारेका छन् । 

३ परिवारका सदस्यले  पत्रकार सम्मेलन गरी  बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई अनुनय गरेका हुन् । 

बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका नुवाकोट र मकवानपुरका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी गर्न माग गरेका हुन् । 

उनका दाजुले भने, ‘बमजनको आश्रमबाट फोन गरेकी थिई। पछि हामी भेट्न जाँदा छैन भन्छन्,’ उनले थपे, ‘हामीले धेरै ठाउँ खोज्यौं, भेटेनौं। अब राज्यले खोजी दिनुपर्योे र खबर गर्नुपर्यो ।’

 २०७१ माघदेखि बेपत्ता भएकी डोल्मो बमजनको आश्रमबाट बेपत्ता भएकी थिईन् ।  उनका दाजुले भने, ‘बमजनको आश्रमबाट फोन गरेकी थिई। पछि हामी भेट्न जाँदा छैन भन्छन्,’ उनले थपे, ‘हामीले धेरै ठाउँ खोज्यौं, भेटेनौं। अब राज्यले खोजी दिनुपर्योे र खबर गर्नुपर्यो ।’

डोल्मोसँगै बेपत्ता भएकी उनकी साथी नुवाकोटकी चुन्मोकी दिदी गंगामाया पनि पत्रकार सम्मेलन गर्न काठमाडौं आएकी थिइन्। 

उनले आफ्नी बहिनी बमजनको आश्रममा गएपछि नफर्किएको बताइन्। 

उनले भनिन्, २०६८ सालमा बमजनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?