चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

काठमाडौं । ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर’ जस्ता चर्चित गीत गाएका लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । 

भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको हो ।

लामिछाने लामो समयदेखि अस्वस्थ थिए । 

पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको उनको शुक्रवार दिउँसो निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए ।

पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी अमा रुँदी हुन् मलाई सम्झे लगायतका गीत चर्चित छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?