रौतहट । प्रहरीले व्यापारीको मालसामान जफल गरेको भन्दै रौतहट सदरमुकाम गौर बजार व्यवसायीहरुले अनिश्चितकालीन बन्द गरेका छन् ।
व्यापारीसँग खरिद बिक्रीको बिल विजक हुँदाहुँदै पनि प्रहरीले व्यापारीको मालसामान जफत गरेको भन्दै उद्योग वाणिज्य संघ रौतहटले अनिश्चितकालीन बजार बन्द गराएका हुन् ।
गौरको विपी चोकमा रहेको पुष्पा ट्रेडर्सबाट रौतहटको इशनाथ ४ मा रहेको नवल स्टोर्सका लागि पठाइएको १९ क्वीन्टल केराउ प्रहरी चौकी औरैयाले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको विरोधमा व्यापारीहरुले अनिश्चितकालीन बजार बन्द आह्वान गरेका हुन् ।
सरकारलाई कर तिरेर भ्याट बिलसहित व्यापार गर्दा पनि पटक–पटक प्रहरीले बदमासी गरेको र बिलबिजकको कुनै मतलबनै नगरी सामानहरु राजस्व कार्यालय तथा गौर भन्सार कार्यालयमा बुझाएर अनावश्यक रुपमा दुःख दिएको व्यापारीहरुको गुनासो छ ।
उता प्रहरीले भने व्यावसायीले कानूनले दिएको छुटको गलत फाइदा उठाएको बताएको छ ।
व्यवसायीले कानूनले दिएको छुटको गलत फाइदा उठाएर खपतको मात्रा भन्दा अत्याधिक केराउ लगायत अन्य सामग्री भारतीय सिमाना नजिकका गाउँहरुमा लैजाने गरेको कारण निगरानी बढाइएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया