बालाजुमा ठेला गाडामाथि माटो बोकेको ट्रिपर पल्टियो, एकको मृत्यु, एक घाइते

काठमाडौं । बालाजु बाइपासमा शुक्रवार बिहान ट्रिपर पल्टिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नं. को ट्रिपर चियाको ठेलागाडामाथि पल्टदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको ट्रिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएका थिए । 

उनीहरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

दुर्घटनामा घाइते विसङ्खेको श्रीमतीको बायाँ खुट्टामा चोट लागेको छ । उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । 

ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?