भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा आगलागी हुँदा २२ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
बिहीवार राति करिब ८ बजे साठी रबिघास्थित पशु बधशाला नजिकको बस्तीमा शुरु भएको आगलागी करिब १ घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट छेउछाउका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ ।
मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनवत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।
आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको र मेचीनगरमा एउटा मात्र दमकल भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली आज बिहानै घटनास्थल पुगको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया