बझाङ – सदरमुकाम चैनपुरलगायत विभिन्न ग्रामीण बस्तीमा अवैध जंगली पशुपन्छीको मासु बिक्री हुने गरेको पाइएको छ। खुलेआम रूपमा जंगली पशुपन्छीको मासु अवैध रूपमा बिक्री–वितरण भइरहँदा पनि स्थानीय वन प्रशासन मूकदर्शक बनिरहेको छ।
सिकारीले लेकतिर हिमापत भएसँगै चिसो छल्न औलतिर झरेका डाँफे, मुनाल, कालिजजस्ता चरा तथा झारल, घोरल, मृग, थार, बुगुरु, बाघ, भालुजस्ता जनावरको गोली प्रहार गरेर तथा पासो थापेर मार्ने र तिनको मासु चैनपुरलगायत गाउँगाउँमा लगी खुला रूपमा बिक्री–वितरण गर्दा पनि वन प्रशासन कारबाहीमा उत्रिनुको सट्टा निरीह बनेको जनाइएको छ।
भए हाताहाती नभए उधारोमा सिकारीले कालिज, डाँफे, झालर, घोरललगायतको मासु घरघरमै पुर्याउने गरेको जय पृथ्वी नगरपालिका–११ सुइलका कल्लाने बोहराले बताए।नागरिक दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया