….जब समवेदनाको ठाउँमा बधाई लेखियो (फोटोफिचर )

बुधवार जब परराष्ट्र मन्त्रालयबाट अंग्रेजी भाषाको दुई अनुच्छेद सहितको प्रेस विज्ञप्ति जारी भयो त्यति नै बेला सामाजिक सञ्जालका भित्ताहरु मन्त्रालयको त्रुटि देखाउँदै आ–आफ्नो तर्कले भरिन थाले ।

दशैँको टिकाजमरा थाप्न घुँडा टेकेर टीका लगाइरहेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली लगायत राष्ट्रसेवक कर्मचारीको फोटो भाईरल हुनु, प्रहरी तालिम केन्द्रको जग्गा लिएर हेलिप्याड बनाउने, १८ करोडको गाडी खरिद गर्ने चर्चाले राष्ट्रपतिको छवि धमिलिएका बेला राष्ट्रपति भण्डारीले इन्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाएको विज्ञप्तिमा गम्भीर त्रुटि भएको भन्दै आम सर्वसाधारणले कटाक्ष व्यक्त गरिरहेका छन् ।

विज्ञप्तिको पहिलो अनुच्छेदमा राष्ट्रपतिले इन्डोनेसियाका दुई प्रान्तमा सुनामीका कारण जनधनको क्षति भएकोमा त्यहाँका राष्ट्रपति जोको विडोडोलाई ‘बधाई’ सन्देश पठाएको भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

सबै सञ्चार माध्यमहमा पठाइएको विज्ञप्तिको भाषाका बारेमा सामाजिक सञ्जालमा थुप्रै आलोचना भइरहेका छन् ।

यसरी सामाजिक सञ्जालमा विज्ञप्तिको फोटोसहित आलोचना र चर्चा परिचर्चा हुन थालेपछि मन्त्रालयले विज्ञप्ति सच्याएर पठाएको भएपनि सामाजिक सञ्जालमा कटाक्ष गर्नेहरु पज भएका छैनन् । 

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टाईले १५ घण्टा अगाडि ट्वीट गर्दै  लेखे, 
condolence र congratulation  को फरक नबुझ्ने परराष्ट्रका कर्मचारी ! बलात्कार/ हत्या भएकी किशोरीको शरीर सफा गरेर प्रमाण नष्ट गर्नु थप अपराध हो भन्ने नबुझ्ने प्रहरी अफिसर ! हाम्रो राज्यको राज्यको स्तर यति हो कि ! कुनै conspiracy theory हो कि ! प्रमबाट एउटा उखान टुक्का आउनुपर्यो ! ! अलि बुझ्न्थ्यिो कि !


लगतै उनले फेरी आर्को ट्वीट गरे 

लौ फेरी cirrected आएछ ! ट्रम्पजीसंग प्रतिस्पर्धा हो कि कसो शब्दकोशमा नयाँ शब्द थप्न । 

हुन पनि cirrected भन्ने शब्द शब्दकोशमा भेटिदैन । 

पत्रकार निर्मल अधिकारी लेख्छन् , 
यदि यो नक्कली हैन भने त पातकिहरुलाई कारवाहि गर्नुपर्छ । ३सुनामीबाट मृत्यु भएकाका नाममा बधाई ? 

सच्याएर पठाइएको भन्ने सन्देशमा पनः गल्ती भेटेपछि उनले पनः सामाजिक सञ्जाल फेसबुकमा लेखे, डिग्री होल्डर जति सबै खाडिमा बेल्चा चलाउँदै छन् । आरक्षणबाट आएका हरिलन्ठुहरुको भिडले गर्ने यस्तै हो । सुधारमा पनि गल्ती 

सामाजिक सञ्जाल प्रयोककर्ता मनोज श्रोष्ठले आश्र्चय हुँदै स्टेटस लेखेक छन् , इन्डोनेसियामा आएको सुनामीबाट सयौं मृत्यु भएकोमा राष्ट्रपति भण्डारीबाट ‘बधाई’ व्यक्त ? 

त्यस्तै, फुइयाल फन्निद्र लेख्छन् , इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेह?प्रति राष्ट्रपतिले बधाई दिएको विज्ञप्ती परराष्ट्र मन्त्रालयले जारी गरेछ । कति हाँस्नु हैट ! !


अभिलाशा रिजाल व्याङत्मक तरिकाले लेख्छिन्, भैंसी चराउनेलाई देश चलाउन दिएपछि……….

condolence = congratulation

परराष्ट्र मन्त्रालयको त्रुटिसंगै सामाजिक सञ्जालमा चर्को आलोचना शु? भएको हो । प्रतिक्रियाह? पनि उच्च देखिए ।

गोविन्द सन्जेले हा हा हा लेख्दै परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्ती सेयर गरेका छन्  ।

सुशिल पौडेल लेख्छन्, किन कार्यकर्ता भर्ती केन्द्रमा भर्ना पाईन्न भनेको त आफ्नो अंग्रेजी कमजोर भएर पो रैछ । लौ न कोई बुझाईदेउ

बितेका केही हप्ताको उदाहरण हेरौँ ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयमा सरकारले अकर्मण्यता प्रदर्शन गरेको विषय होस् वा राष्ट्रपतिको नयाँ गाडी किन्ने योजना वा सामाजिक सुरक्षा योजनाको प्रचार वा विवादीत संस्थाको सम्मेलनमा सरकारको सहभागिको र नागरिकलाई मर्का पर्ने हिसाबले लगाइएको जोर विजोर प्रणाली हरेक विषयमा सरकारको आलोचना तीव्र भएका बेला परराष्ट्र मन्त्रालयको यो त्रुटि आम जनताले लापरवाहि भनेका छन् । 

तर, सामाजिक सञ्जाल सकारात्मक वा नकारात्मक जे देखिए पनि त्यो आममानिसले कसरी सोचिरहेका छन् भन्ने कुराको एउटा प्रतिबिम्वको रूपमा हेरिदै आएको छ । 

यसैविच, आमसञ्चर माध्यम  तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रिया प्रति गम्भीर ध्याननकर्षण भएको भन्दै बिहिवार प्रेस विज्ञप्ती परराष्ट्र मन्त्रालयले जारी गरेको छ । 

परराष्ट्र मन्त्रालयले राष्ट्रपतिले इण्डोनेसियाका समकक्षीलाई पठाएको समवेदना सन्देशमा त्रुटी नभएको स्पष्टीकरण दिनुका साथै आफ्नो प्रेस विज्ञप्तिमा भने त्रुटी भएको मन्त्रालयले स्वीकार गरेका छन् ।

साथै मन्त्रालयको विज्ञप्तिमा भएको त्रुटीलाई लिएर सम्बन्धित अधिकारीह?सँग स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्नलाई कारबाही गरिने पनि परराष्ट्रले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?