बूढानीलकण्ठस्थित एक सुधारगृहमा प्रहरीको छापा, ५० महिलाको उद्दार

काठमाडौं । राजधानीको बूढानीलकण्ठस्थित एक सुधारगृहमा प्रहरीले छापा मारेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कृपाघर रिहाव सेन्टर नामक सुधारगृहमा छापा मारेको हो । 

सो क्रममा प्रहरीले ५० महिलाको उद्दार गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रिहाव सेन्टरमा रहेकालाई अमानवीय व्यवहारका साथै कुटपिटसम्म गर्ने गरिएको भन्ने उजुरीको आधारमा प्रहरीले छापा मारेको बताए । 

उद्दारमा परेका महिलाहरुलाई त्यहाँबाट ल्याइएको जानकारी दिए । 

यसबारे रिहाव सेन्टरकी सञ्चालिका सुर्ती गुरुङसमेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?