कर्मचारीको विदेश भ्रमणको लर्को, चार महिनामा १५ सय कर्मचारी गए

काठमाडौं–अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन विपरित हरेक महिना करीब ४०० कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षका चार महिनामा ‘साउन भदौ असोज र कात्तिम) मा मात्रै एक हजार हजार ५ सय ७६ कर्मचारीले विदेश सयर गरेका छन् ।
यिनमा सबैभन्दा बढी उच्च तहका कर्मचारी रहेका छन्  ।
कर्मचारीले सबैभन्दा धेरै चीन, थाइल्याण्ड, कोरिया, जापान, भ्रमण गरेको  आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?