शिक्षकले कुटेपछि मृत्यु

बारा– शिक्षकको कुटपिटपछि सात कक्षामा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् ।

कलैया उपमहानगरपालिका १ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारको क्रममा मृत्यु भएको हो ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनको सहपाठीले बताएका छन् ।

घर पुगेको केही घण्टामै कलैया अस्पताल पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र यादवले जानकारी दिए । साथी मण्डलका अनुसार शिक्षकको कुटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्किँदा अजयलाई बेहोश अवस्थामा भेटेकी थिइन् ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?