वीरगञ्ज । वीरगञ्जको विन्ध्यवासिनी गाउँपालिका ५ बहुअर्वाभाठा स्थित ढंगही खोलामा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार विहान पोखरीयाबाट वीरगञ्ज आउँदै गरेको ना ६ ख ७२८२ नम्बरको ट्रकले पोखरीया तर्फ जाँदै ना २ ह ३४६३ नम्बरको अटोलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करपछि अटोबाट खसेकी महिलालाई ट्रकले किचेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परि अर्का एक जनाको घाइते भएका छन् ।
घाइते हुनेमा साविकको सुगौली गाविस ६ बस्ने ३० वर्षीय झक्सी दुसाद छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक फरार छन् । चालकलाई पक्राउ गरी कारबाहीको माग राख्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया