पाकिस्तानको स्नाइपर आक्रमणमा परि दुई नेपालीको मृत्यु

काठमाडौं । भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । 

शुक्रवार पाकिस्तानको स्नाइपर आक्रमणमा परेर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुरका सुवेदारद्वय ४२ वर्षीय गमरबहादुर थापा र ३९ वर्षीय रमन थापाको मृत्यु भएको हो । 

उनीहरुको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

पाकिस्तानको स्नाइपर आक्रमणमा परेर गम्भीर घाइते भएका थापाद्वयको श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा बाटोमा निधन भएको हो । 

सन् १९९३ मा २–८ गोर्खा राइफल्समा भर्ती भएका गमरबहादुरको पत्नी र दुई छोरा छन् । 

त्यस्तै रमन सन् १९९६ मा भारतीय सेनाको सुवेदार पदमा भर्ती भएका थिए । उनका सात वर्षीय एक छोरा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?