अर्घाखाँची । अर्घाखाँचीका वडा अध्यक्ष १० दिनेदेखि सम्पर्कविहीन भएका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं–२ का वडा अध्यक्ष विष्णुप्रसाद भुषाल ‘विनोद’ १० दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका परिवार स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार वडा अध्यक्ष भुषालको खोजी कार्य भइरहेको जानकारी दिए ।
गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको उनले भने ।
यसबारे थप अनुसन्धान भइरहेको उपरीक्षक मल्लले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया