नेपाल आइडल रवि ओडलाई मातृ शोक : ४५ वर्षीया आमाको करेन्ट लागेर मृत्यु

काठमाडौं । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको मृत्यु भएको छ ।

रविकी आमा ४५ वर्षीया विष्णा ओडको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी विष्णाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ । 

करेन्ट लागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण घर गएका थिएनन् ।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । सौतेनी आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?