क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा चार लाखको क्षति

गलेश्वर । अन्नपूर्ण गाउँपालिका -६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले जानकारी दिए ।

घारखोला हाइड्रोपावरमा सुरक्षार्थ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गाउँलेको सहयोगमा आगो निभाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?