काठमाडौं–संघीय संसद् सचिवालयका कर्मचारीले आज बुधबारबाट शुरू हुने संसद्को तेस्रो अधिवेशनमा अवरोध गर्ने चेतावनी दिएका छन्।
आफ्ना माग पूरा नगरे आज ४ बजेदेखि बस्ने समय तोकिएको संघीय संसद् चलाउज सहयोग नगर्ने उनीहरूले चेतावनी दिएका छन्। उनीहरूले अतिरिक्त समय काम गरेबापत थप सुविधा दिनुपर्ने माग गर्दै आएका छन्।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोविन्दप्रसाद बेल्बासे जैसीले आफ्ना माग पूरा नभए बैठक चल्न नदिने दाबी गरे ।
‘हामीले पटक–पटक सरोकारवालालाई भेटेर समस्याबारे जानकारी दिएका छौं। तर पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर कडा निर्णय गर्ने अवस्थामा आइपुगेका हौं’, जैसीले भने– ‘मंगलबार पनि दुवै सदनका कार्य व्यवस्था परामर्श समितिको बैठकमा विषयवस्तुबारे प्रस्ट पारेका छौं, आज बिहानसम्म केही निर्णय भए ठीकै छ, नभए अडान कायम रहन्छ।’ नेपाल समाचारपत्र दैनिका खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया