लेनदेनमा कुरा नमिल्दा हत्या

काठमाडौं । सर्लाहीको बरहथवा ५ का ३० वर्षीय मालिक महतोको हत्या लेनदेनको विषयमा कुरा नमिल्दा भएको खुलेको छ ।

 
महतोको पुष ६ गते (शुक्रबार राति) घर नजिकैको सोती खोलाको चोर्नीया पुल नजिक हत्या गरिएको थियो । उनको हत्या सोही वडामा बस्ने नातामा भिनाजु पर्ने ३० वर्षीय धनेश्वर महतोको योजनामा भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।

मृतक मालिक र धनेश्वर केही वर्षदेखि मिलेर जग्गा खरिद बिक्री गर्दै आएका थिए । धनेश्वरले हरिवनको जग्गा खरिद गरेर बिक्री गर्दा लगानी नगरेका मालिकलाई नाफाबाट आधा रकम दिएका थिए ।

तर, ६ महिना पहिले हरिवनकै जग्गा मालिकले एक्लै खरिद गरेर बिक्री गरेको र नाफा एक्लै लिएपछि उनीहरुबीच मनमुटाव भएको थियो । 

आफूलाई छोडेर मालिकले एक्लै कारोबार गर्न थालेको र राम्रो पैसा कमाउन थालेको महशुस भएपछि हत्या गर्ने योजना बनाएको बयान प्रहरी समक्ष दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?