भारतबाट उद्धार गरिएका १३ नेपाली महिलालाई आज नेपाल ल्याइँदै

काठमाडौं । समाजसेवी बालकृष्ण पाण्डेको नेतृत्वमा भारतका विभिन्न स्थानबाट उद्धार गरिएका १३ जना नेपाली महिलालाई आज नेपाल ल्याइँदैछ । 

मंगलवार बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ जना नेपाली महिलालाई नेपाल प्रहरीको सीआईबीको जिम्मा लगाइने समाजसेवी पाण्डेले जानकारी दिए । 

भारतको बैंगलोरबाट आठ जना र अहमदाबादबाट पाँच जनालाई उद्धार गरि नेपाल ल्याइन लागिएको समाजसेवी पाण्डेले जनाए । 

उनीहरुलाई उज्वल भविष्यको सपना र राम्रो काम  लगाइदिने भन्दै भारतका विभिन्न शहर र होटलमा पुर्याइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?