कस्तो रहन्छ आजको मौसम?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यतया सफा रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकासहित देशभरको मौसम सफा रहने भएको हो । तर अपराह्नपछि पूर्वको पहाडी भेगका केही ठाउँमा भने आंशिक बदलीको सम्भावना छ । 

आंशिक बदलीको सम्भावना भए पनि पानी भने नपर्ने मौसमविद मञ्जु बासीले बताइन् । उनका अनुसार रातिदेखि पश्चिमी वायु नेपाल भित्रने छ । 

पश्चिमी वायु भित्रने भएकाले पश्चिमका उच्च पहाडी क्षेत्रका केही ठाउँमा राति हल्का हिमपात हुने सम्भावना छ । पानी नपरे पनि पश्चिमी वायुको प्रभावका कारण बुधबार भने देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम २.६ डिग्री मापन भएको छ । दिउँसो तापक्रम बढेर १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?