काभ्रेपलाञ्चोक। पुनर्निर्माणका लागि लाभग्राहीमा सूचीकृत १० हजार भूकम्पपीडित बाटोमै हराएका छन् । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट पीडितका रूपमा लाभग्राही सूचीमा सूचीकृतमध्ये १० हजार परिवार पहिलो किस्ताको रकम सम्झौता गर्न अझै आएका छैनन् । भूकम्पपीडित बाटोमै हराउँदा काभ्रेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयले खोजी गर्न सकेको छैन ।
पीडितमध्ये ३० प्रतिशतले बास जोहो गरिसकेका छन् । तर, १० हजार पीडित परिवारले लाभग्राहीको सूचीमा रहे पनि पहिलो किस्ताको रकम लिएका छैनन् ।जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांकअनुसार ३० प्रतिशत निजी आवास प्राधिकरणको नियमअनुसार निर्माण सम्पन्न भएको छ ।
इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार जिल्लामा ८२ हजार ८ सय ३३ भूकम्पपीडित परिवार पछिल्लो तथ्यांकअनुसार पहिचान भएका छन् । जसमध्ये ७१ हजार ९ सय ७८ परिवारले अनुदान सम्झौता गरेका छन् ।
४५ हजार ८ सय १२ परिवारले दोस्रो किस्ताको अनुदान लिइसकेका छन् । घर निर्माण सकेर अन्तिम किस्ताको रकम २५ हजार १ सय ५६ परिवारले लिएका छन् । १० हजार ८ सय ५५ परिवार अझै अनुदान सम्झौता गर्न आएका छैनन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया