२१ वर्षदेखी शैलुन ब्यावसायमा रमाएका ठाकुर

अछाम ५ असोजधनुषा जिल्लाको जनकपुर घर भएका ३२ वर्षिय बिनोद कुमार ठाकुर हजाम २१ वर्षदेखी अछामको मंगलसेनमा शैलुन ब्यावसायमा रमाईरहेका छन । मंगलसेनको बिच बजारमा “सन्तोष हेयर कटिंग सेन्टर” स्थापना गरि उनी निरन्तर यो पेशामा जमेका छन ।कपाल काट्ने पेशामा प्रायजसो स्थानीय युवाहरुले रुचि नदेखाएको अवस्थामा करिब ११ वर्षको कलिलो उमेरमा अछाम पुगेर कपाल काट्ने काम सुरु गरेका ठाकुर अछाममा तिन छोरा छोरी सहित आफु र श्रीमती संगै बस्छन । भन्छन “जीवनको सुरुवात अछाममै यो शैलुन ब्यावसायवाट भएको हो, आत्म सन्तुष्टिका साथ रमायर बसेको छु ।” उनको पसलमा कपाल काट्ने ग्राहकहरुको ठुलो भीड हुन्छ । बिहान देखी रातीसम्म पनी आफुलाई फुर्सद नहुने उनी बताउछन ।१०/११ वर्षको उमेरमै अछाम आई बसेका ठाकुरलाई अव आफ्नो गाउँ र घरभन्दा अछामनै बढी प्यारो लाग्छ । उनले भने “साथिभाई सबै यतैका छन, यहाँको संस्कार संस्कृति र मौलिक परम्परामै घुलमिल भईसकेको छुं, प्राय घर पनी जानेगरेको छैन ।” दशैं तिहार जस्तो बेला पनी घर जानुहुन्न ? भन्ने प्रश्नमा ठाकुरले भने “जहान केटाकेटी सब यतै छन, पढाईलेखाई पनी यतै छ र ग्राहकलाई सेवा पनी त दिनुपर्यो ।” आफुले गरिरहेको ब्यावसाय भन्दा अरु केही कुरा कहिल्यै नसोचेको भन्दै ठाकुरले युवाहरुका लागि काम नै सबैभन्दा महत्वपूर्ण हुने बताए ।मासिक ४० हजार आम्दानीशैलुनमा कपाल कटिङ र दाह्रि बनाएवाफत दिनको न्यूनतम १२÷१३ सय आम्दानी गरिरहेका ठाकुरले मासिक रुपमा कम्तिमा पनी ४० हजार कमाई गर्ने गरेको बताए । दिनमा ३० देखी ५० जनासम्मको कपाल काट्ने र दाह्रि बनाउने गरेको भन्दै उनले मासिक १५ हजार पारिश्रमिक दिएर अर्का एक युवालाई रोजगारी समेत दिएका छन ।घरबाट खालि हात अछाम आएका ठाकुरले शैलुन ब्यावसाय कै कमाई बाट अछाम सदरमुकाममा ५ लाखमा जग्गा किनेर घर बनाई बसेका छन । यतिमात्र नभई उनले कैलालीको धनगढीमा पनि पाँच सात वर्ष अगाडी नै ७ लाख हालेर घडेरी लिएका छन । अरुको भर पर्नुभन्दा आफै मेहनत गर्नुपर्ने र जुनसुकै क्षेत्रमा पनी नियमित श्रम गरे अभावमा बाँच्नु नपर्ने ठाकुरले बताए । घर परिवार र आफुलाई खुसी राख्न सक्नु नै ब्यावसायिक सन्तुष्टि हुने भन्दै उनले शैलुन ब्यावसायवाट आफु निकै सन्तुष्ट रहेको उल्लेख गरे ।युवालाई श्रम गर्न सन्देशपछिल्लो समय युवाहरु भारत लगायत अन्य मुलुकमा रोजगारीको लागि गईरहेका भएपनी उनीहरुले आफ्नै देशभीत्र श्रम गर्न सके र कुनैपनी कामलाई ब्यावसायिक रुपमा अंगाल्न सके देश विकास तथा स्वरोजगार दुबै हुने उनको विश्वास छ । युवाहरुले ब्यावसाय गर्दै गर्दा बिचमा आउने कठिनाईहरु र चुनौतीको समेत सामना गर्न सक्नुपर्ने भन्दै ब्यावसायीक निरन्तरता भएमा यहाँ धेरै राम्रो गर्न सकिने ठाउँ रहेको ठाकुरले बताए ।आफु खाली हात अछाम पुगेर शैलुन ब्यावसाय गरेका ठाकुरले आमा बुवा र पारिवारिक सम्पतिमा रमाउनुभन्दा युवाहरुले केही श्रम गरिखानु निकै राम्रो हुने बताए । प्रायजसो युवाहरु आफ्नो देशमा श्रम गर्न अल्छि गर्ने तर बिदेश गएर न्यून स्तरको काम गर्न समेत पछि नपर्ने कुराप्रति आफ्नो चित्त नबुझिएको उनले बताए । उनले भने “युवा उमेरमै हो श्रम गर्ने र प्रगति गर्ने, यहि उमेरलाई सबै युवाले सदुपयोग गर्नुपर्छ र श्रमको सम्मान गर्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?