कुलमान घिसिङ भारत जाँदै, हुनेछन् यी महत्वपूर्ण सम्झौता

काठमाडौं । नेपाल भारत उर्जा उर्जा आदान प्रदान समितिको बैठकमा भाग लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारत जाँदैछन् । 

समितिको यो बैठक इनर्जी बैंकिङका विषयमा केन्द्रित हुने उर्जा मन्त्रालयले जनाएको छ । बैठकमा लामो समयदेखि कुरा चल्दै आएको इनर्जी बैंकिङको विषयमा सम्झौता हुने उर्जामन्त्री बर्षमान पुन अनन्तले जानकारी दिए । 

मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री पुनले भने, ‘नेपाल भारत पावर कमिटिको बैठक मंगलबारदेखि भारतमा हुँदैछ, सानो परिमाणको इनर्जी बैंकिङ त अहिले पनि कार्यान्वयन भएको छ, तर ठूलो परिमाणको लागि भोलिदेखि हुने बैठकमा राम्रो प्रगति हुनेमा हामी आशावादी छौं ।’

बर्खायाममा नेपालमा बिजुली खेर जाने र हिउँदमा कम भएर भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । यसको अन्त्य गर्न बर्खायाममा नेपालले भारतलाई बिजुली दिने र त्यति नै बिजुली हिउँदमा नेपाल ल्याउनको लागि इनर्जी बैंकिङको अवधारणा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?