काठमाडौं– सरुवामा परेको झोँकमा एक कर्मचारीले प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई खुलेआम चुनौति दिएका छन् ।
श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै प्रधानमन्त्री केपी ओली र मन्त्री गोकर्णविष्टसमेतलाई चुनौति दिँदै आफूलाई चित्तबुझदो जवाफ दिनुपर्ने माग गरेका हुन् ।
सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए ।
‘मेरो घरमा साइकल छैन । मेरो असिस्टेन्टको कार कहाँबाट आयो ?’ आक्रोशित हुँदै उनले भने, ‘केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? मेरो सचिव महेश दाहालले किनिदिएको हो ?अनि मलाई सरुवा गरेको हो ? मलाई त्यसको थाहा चाहियो ।’
उनले आफूले ४० वर्षको अवधिमा एक जनासँग पनि घुस नखाएको दाबी गर्दै प्रेम सञ्जेललाई घुस खुवाएँ भन्ने केपी ओलीसहित कुनै पनि माइकलाल नजन्मिएको बताए । उनले अाफूलाई भ्रष्ट चरित्र भएकाहरुकाे दवावमा सरुवा गरिएकाे पनि अाराेप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया