दाङ । दाङको घोराहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१४ लखनपार्क चोक नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घोराही–१८ फुस्रेखालीका २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको थियो ।
स्कुटरमा सवार फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसले स्कुटर चालकलाई सडकमा घिसार्दै लगेर मृत्यु भएपछि आक्रोशित आफन्तले चालकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राख्दै अहिले बजार बन्द गराइरहेका छन् ।
उनीहरुले बजारका पसल–पसलमा पुगेर सटर बन्द गराएका छन् । सडकमा यातायातका साधन सञ्चालन हुन दिएका छैनन् भने केही सवारीसाधनमा तोडफोड समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया