निर्मला बलात्कार/ हत्यापछिका ५ महिना : आईजीपी खनालले के भने ?

 काठमाडौं । कञ्चनपुर भिमदत्तनगरपालिका २ उल्टाखामकी १३ वर्षिय बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भयो ।

तर एक सय ५१ औँ दिनसम्म पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।

बरु निहत्था युवकलाई जबरजस्ती हत्या स्विकार्न लगाएको भन्नेजस्ता अभिव्यक्ति स्वयम् पीडितले दिइरहेका छन् ।

 यसै सन्दर्भ र केहि भ्रमलाई चिर्न आवश्यक रहेको भन्दै सोमबार प्रहरी प्रधान कार्यालयमा  पत्रकार सम्मेलन आयोजना भयो ।

नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले ‘इमान्दार प्रयास’ गरिरहेको बताए । 

उनले थपे, प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग गरिरहेको छ ।

छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यद्यपि यति प्रतिशत सफलता हात पर्‍यो भनेर निर्धारण गर्न सकिने अवस्था छैन ।

एकपछि अर्को गरी नियोजित रुपमा प्रहरीले नै प्रमाण मेटेको सर्वसाधारणको आरोप र गुनासो दिनहुँजसो मिडियाबाट आइरहेका छन् ।

यो सन्दर्भलाई ईङ्गित गर्दै उनले थपे, अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई पनि छाड्दैनौँ ।

छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,  आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?