….जब आफैंले बोकेको बन्दुक पड्कियो

आफैले बोकेको बन्दुक पड्किँदा एकजना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

मोरङको उर्लाबारीमा विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खड्काले बोकेको राइफल पडकेर छातीको दाहिने भागमा गोली पस्दा उनी गम्भीर घाइते भएका हुन् ।

गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं। ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको राइफल एक्कासी पड्किएको थियो । 

घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?