निर्मलाको केश राष्ट्रसंघले हेर्ला ? अपराधि खोजी दिन विद्यार्थीले लेखे चिठ्ठि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्र बुझाएका छन् । 

सोमवार विद्यार्थीहरुले निर्मलाको हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरेको हस्ताक्षर ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाएका हुन् । 

निर्मलाको बलात्कारपछि हत्या भएको ५ महिना बित्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । 

त्रिविका विद्यार्थीहरुले निर्मलाको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलि पल्ट बिहान उखुबारीमा भेटिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?