अपरिचित व्यक्तिको कुटाइबाट ससुराको मृत्यु, बुहारी घाइते

बैतडी । अपरिचित व्यक्तिको कुटाइबाट गएराति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सिगास गाउँपालिका-९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

गएराति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् ।

अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?