बढ्दैछ सडक दुर्घटना, ओभाएनन् परिवारको आँसु

काठमाडौं–देशका विभिन्न भाग हुने गरेका सवारी दुर्घटनाको खवर सुन्ने वित्तिकै सामाखुशीका ६५ वर्षीय रामचन्द्र तिवारीलाई खाना रुच्नु त परैजाओस रातभर निद्रा पनि पर्दैन ।  पुख्र्यौलीघर झापाबाट दशै मनाएर राजधानी फर्किदै गरेका दुई सन्तान (छोरा) बस दुर्घटनामा परी त्रिशुलीनदीमा विलय भएको १० वर्ष वितिसक्दा पनि तिवारी दम्पतीलाई त्यो दर्दनाक पिडाले छोडेको छैन ।
‘सन्तान जन्माउन र हुर्काउन कति दुख गरियो वखान गर्नुको अर्थ छैन,’ उनी भन्छन्–तर, दुर्घटनाले वेसाहारा बनाई दियो । तिवारी दम्पतीका लागि बुढेसकालको सहारा के कस्तो होला भन्ने लागेको छ ।
त्यस्तैं, पीडाबाट विक्षिप्त छिन् कैलाली लम्की घरभई हाल नेपालटार बस्दै आएकी मानमति शाही । उनले पनि सवारी दुर्घटनामा केही वर्ष अघि श्रीमान् दुई छोरा र एक छोरी गरी चारजना गुमाउनु पर्यो ।

बढ्दो सवारी दुर्घटनाका कारण तिवारी दम्पती र मानमतिकै जस्तो दुख र पिडा भोग्नेहरूको संख्या दिनप्रति दिन थपिदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्त भन्छन्, ,‘दुर्घटनाले सिंगो घरपरिवार नै सखाप बनाएको घटना छन् । ’
‘दुर्घटनामा सन्तान गुमाएर बा–आमा वेसहारा मात्र होइन धेरै बालबालिकालाई टुहुरो बनेका छन्, नव विवाहित नारीको सिँउदो पुछिएका घटना ताजै छन् ’ उनले थपे,‘तर, के गर्ने कानुन लाग्ने भए कारवाही गथ्यौं ।’
उनका अनुसार, केहीवर्ष यता भएका सवारी दुर्घटनामा मर्नेहरूमा युवकहरूको संख्या अधिक रहेको छ । १६ देखि २८ वर्ष उमेरका युवाहरू बढी दुर्घटनामा पर्ने गरेका छन् । यही मङसिर महिना यता भएका सवारी दुर्घटनामा उक्त उमेर समूहका युवाहरुको मृत्यु बढी देखिन्छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?