उपत्यकाका १८ अस्पताल कारवाहीको सूचीमा

काठमाडौँ– अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महँंगा र सुविधासम्पन्न कतिपय अस्पतालले अस्पतालजन्य फोहोर जथाभावी फालेपछि सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ ।

राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा आफूलाई ‘फाइभ स्टार’ सुविधा प्रदान गर्ने भनिएका नर्भिक, ओम, नोबेल, ग्रिन सिटी, मेडिकेयर लगायतका अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विधि र संरचना नबनाएको भन्दै वातावरण विभागले कारवाही गर्ने तयारी गरेको हो ।

अस्पतालजन्य फोहोरलाई सोझै नगरपालिकाको फोहोर उठाउने गाडीमा फाल्ने, सडकका छेउछाउमा जम्मा पारेर खुला छाड्ने, सङ्क्रमित पानीलाई सोझै ढलमा मिसाउने गरिएको पाइएकाले उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा रहेको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?