काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्दा पनि उनले न्याय नपाएको भन्दै आइतवार काठमाडौंको नयाँ वानेश्वरमा प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरूले निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिन भइसक्दा पनि दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
उनीहरुले सरकारलाई दबाब र निर्मलाको न्यायका लागि प्रदर्शन गरिएको बताए । प्रदर्शनमा सहभागीहरूले ‘जस्टिस फर निर्मला’, दण्डहीनताको १५० औँ दिन ।, निर्मलाले कहिले पाउँछिन् न्याय ?’ लेखेका प्लेकार्डहरू बोकेका थिए ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया