खोटाङमा ट्याक्टर  दुर्घटना, तीनजनाको मृत्यु

खोटाङ ।  दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर कालीखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको मृत्यु भएको हो ।

लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आइतबार बिहान मृत्यु भएको  गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था पनि गम्भिर रहेको छ । उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।घटनाको थप अन्सन्धान भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?