काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प

काठमाडौं ।   आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको छ । 

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । 

तर, आज बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?