काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । भने १४ जना घाईते भएका छन् ।
दुर्घटनामा मृत्यु दाङको राम्रीमा भएको बस दुर्घटनामापरि मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १–१ जना रहेका छन् । जस्मा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।
त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दर गाउँपालिका ५ घर भएका २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्यु भएको हो ।
दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको हो । जुम्लालगायत टाढाका जिल्लाको शव लिन आज शनिबार हेलिकप्टर तुलसीपुर आउने भएको छ । साथै १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएकोहो । २२ जना घटना स्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । दुर्घटना शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनामा परेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालको समन्वयमा जुम्लाका मृतकहरुको शव हेलिकप्टरबाट घर सम्म पुर्याईएको छ । सनिवार अपरान्ह तुलसिपुर स्थित दाङ एयर्पाेट बाट जुम्लाका सातजनाको शव पठाईएको हो । यस्तै नेपालगन्जमा उपचार गराईरहेका तिनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
दाङमा शुक्रवार बेलुका भएको बस दुर्घटनामा बिधार्थि तथा शिक्षकहरुको निधन भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज दाङले दुख ब्यक्त गरेको छ ।
शान्ति समाज दाङका सभापति शरद रेग्मी ,केन्द्रीय महासचिव सुशील बस्नेत र जिल्ला सचिव निर्मला योगिले सनिवार शोक बिज्ञप्ति जारि गरि दुःख व्यक्त गरेका हुन् ।
“व्यक्तिको बाच्न पाउने अधिकारबाट बञ्चित हुनु सबैभन्दा ठूलो सबैभन्दा दुःखद क्षण हो विज्ञप्तिमा भनियको छ । साथै बिज्ञप्तिमा घाइते हरुलाई औषधि उपचारको उचित व्यवस्थापन मिलाउन समेत माग गरिएको छ ।
यस्तै तुलसिपुर उधोग बाणिज्य सङघले पनि दुर्घटनामा परि ज्यान गुमाएका हरु प्रती श्रद्धाञ्जली व्यक्त गरेको छ । सङघका अध्यक्ष बिरबहादुर रावत र महासचिव रुपबहादुर खत्रीले सनिवार एक शोक बिज्ञप्ति जारि गरि दुःख व्यक्त गर्नुभएको छ । घटना लगत्तै शुक्रबार अध्यक्ष रावतको नेतृत्वमा उधोगि व्यवसायिहरु घटनास्थल पुगेर उद्दार सामाग्रीहरु सङकलन र उचित व्यवस्थापन गरेको थियोे ।
यता नेशनल प्याप्सनले पनि दाङमा भएको भयानक दुर्घटना प्रती दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ का अध्यक्ष सुवोध कुमार डागि र दाङ जिल्ला अध्यक्ष भिम बहादुर बुढाथोकीले सनिवार शोक विज्ञप्ति जारि गरि दुःख व्यक्त गरेका छन् ।
यता घटनाको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायि समितिले पनि दुख व्यक्त गरेको छ । समितिका अध्यक्ष सुरेश हमाल र प्रसासनिक सचिव नारायण न्यौपानेले आज एक शोक विज्ञप्ति जारि गरि दुःख व्यक्त गरेका हो ।
यस्तै रोटरि क्लब अफ तुलसिपुरका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र लायन्स क्लब अफ दाङका अध्यक्ष उमेश चन्द्र मजगैयाले पनि घटनाका बारेमा शोक विज्ञप्ति जारि गरि दुःख व्यक्त गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया