काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक स्थगित भएको छ ।
मंसिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज पनि बसेको हो ।
आजको बैठकमा गिरिराजमणी पोखरेल, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, झलनाथ खनाल र माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दौ नेकपाले हिजो अपरान्ह शैक्षिक अवलोकन गरेर फर्कनेक्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुखद निधन हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
शुक्रबार दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार बेलुकी ५ बजेतिर दाङको तुलसीपुर नगरपालिका–३ राम्री भन्ने ठाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
बैठक भोलि बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्ने छ ।
प्रेस विज्ञप्ति
२०७५ मंसिर २९ देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः१५ बजे आरम्भ भएर ११ः३० बजेसम्म सञ्चालन भयो ।
आजको बैठकमा कमरेडहरु गिरिराजमणी पोखरेल, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, झलनाथ खनाल र माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो ।
कमरेड प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराउनुभयो ।
बैठकले हिजो अपरान्ह शैक्षिक अवलोकन गरेर फर्कनेक्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुखद निधन हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठक भोलि २०७५ पुस ८ गते बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा सुरु हुने गरी स्थगित भएको छ ।
विष्णुप्रसाद पौडेल
महासचिव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया