काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसिपुल (दाङ)मा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका –३ राम्रीमा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गरेकि छिन् ।
उनले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छिन्।
राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया