दाङ दुर्घटना अपडेट: मृत्यु भएका २३ मध्ये २१ जनाको सनाखत (नामावली सहित)

काठमाडौं । दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये २१ जनाको सनाखत भएको दाङ्ग जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत भएका मध्ये  जुम्लाका पाँच जना र दाङ्गका ५ जना  रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन ।  बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ ।

सहिद कृष्ण सेन ईच्चुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २० बर्ष उमेरका विद्यार्थी देखि ३० बर्ष उमेर नकाटेका शिक्षक र चालक , सहचालकको समेत मृतयु भएको छ ।  ।

 मृतक २१ जनाको नामावली 

 १. कुशुम रावल वर्ष १६, जुम्ला, चन्दनाथ न.पा. (दाजु विजय रावलले शव बुझे)
२. कबिता खत्री वर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५
३. आतिस नेपाली वर्ष १७, भेरीगंगा न.पा. ४ जाजरकोट (बाबु उदाम नेपालीले शव बुझे)
४. खेमराज भट्ट, वर्ष १७ , कञ्चनपुर, कृष्णनगर न.पा.–५ (बाबु सत्यलाल भट्टले शव बुझे)
५. हिक्मत बोहरा वर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३  (शव बुझाउन बाँकी)
६. प्रदिप घिमिरे वर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७  (शिक्षक, काका पदमप्रसाद घिमिरेले शव बुझे)
७. संजित रतगैया वर्ष २०, दाङ्ग दंगिशरण गा.पा.–१
८. बिरेन्द्र कडारा वर्ष २०,  जुम्ला कान्का सुन्दरी गाउँपालिका–५  (नेपालगञ्ज नर्सिङ्ग होममा मृत्यु)
९. नरेश वली वर्ष २८ रुकुम भुमे गाउँपालिका–६ (दाजु सर्कबहादुर ओलीले शव बुझे शिक्षक )
१०. विजय घर्ति (जिएम ) वर्ष १९, घोराई–१४ (बाबु रामबहादुर जिएमले शव बुझे )
११. शैलाजा शाही  वर्ष १७, जुम्ला हिमा गा.पा–५ (चालक )
१२. मदन खत्री वर्ष २६, घोराही–३ दाङ्ग (चालक)
१३. अजुन शाही वर्ष १७, जुम्ला चन्दनाथ न.पा–१४
१४. गणेश विक वर्ष १८, तुल्सीपुर–१८ दाङ्ग (सह–चालक)
१५. गजेन्द्र  ऐडी वर्ष १६ , डोल्पा , गजदुल्ला गा.पा.पा ३
१६. महेश जोसी वर्ष १९, बझाङ्ग, जयपृथ्वी नगरपालिका–१२
१७. रितेन्द्र शाही वर्ष १९, जुम्ला चन्दनाथ गा.पा–१४
१८. रुपेश शाही वर्ष २२, सोही गाउँपालिका–१० जुम्ला
१९. देविप्रसाद उपाध्याय वर्ष १६, सोही गाउँपालिका–३ जुम्ला
२०. विपना खत्री वर्ष १७, सोही स्थान
२१. जंग ब. बुढा  वर्ष १९ जुम्ला रारालिखी–१ दाङ

शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको थियो । ३७ जना यात्रु रहेको उक्त बस सडकभन्दा ७ सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?