पूर्वराजा ज्ञानेन्द्र शाहको ‘नयाँ वर्ष’ सेलिब्रेसन पोखरामा

पोखरा । सोमवारदेखि पोखरा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतिले विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने भएका छन् ।  

ज्ञानेन्द्र परिवारसहित शनिवार बिहान ११ बजे विन्ध्यवासिनी दर्शन गर्ने कार्यक्रम रहेको उनका सचिवालयले जानकारी दिएका छन् । उनको दर्शनलाई दिएर अहिले विन्ध्यवासिनी क्षेत्रमा सुरक्षा व्यवस्थामा कडा गरिएको छ । 

त्यस्तै पूर्वराजा शाहको स्वागतमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकासले कार्यक्रमको आयोजना समेत गरेको छ । 

सोमवारदेखि पोखरा भ्रमणमा रहेका पूर्वराजा शाहले पोखराको एकान्त ठाउँ दोबिल्लास्थित रहिचौरमा रहेको माउण्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा २४ कोटा बुकिङ गरेका छन् । 

साथै रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेका छन् । उनले १६ दिनका लागि कोठा बुकिङ गरेको रिसोर्ट स्रोतले बताएको छ । 

एक हप्ताका लागि आएका पूर्वराजा ज्ञानेन्द्रले पोखरामै अंग्रेजी नयाँ वर्ष ‘२०१९’ को सेलिब्रेसन गर्ने उनका सचिवालयले स्रोतले जानकारी दिएका छन् । 

अहिले पूर्वराजा बसेको होटलमा साधारण व्यक्तिलाई भने प्रवेशमा रोक लगाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?