काठमाडौं । ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक जवान घाइते भएका छन् ।
शुक्रबार राति असई रमेश तामाङले बोक्ने पेस्तोल सफा गर्नेवेला पड्किँदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन् । असइ तामाङले भने भुल बस गोली चल्न गएको बताएका छन् ।
घटनापछि असइ तामाङ प्रहरी परिसरको नियन्त्रणमा रहेको ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रबिन्द्र धानुकले जानकारी दिए । उनका अनुसार असइ तामाङमाथि अनुसन्धान भइरहेको छ ।
घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको उपचार प्रहरी अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया